भ्रष्टाचारको फाइल देखाएर सरकारले ब्लाकमेलिङ गर्यो : ओली

भ्रष्टाचारको फाइल देखाएर सरकारले ब्लाकमेलिङ गर्यो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टचारको छानबिन गर्ने नाममा सरकारले ‘ब्लाकमेलिङ’ गरिरहेको आरोप लगाउनुभएको छ ।

आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले ‘भ्रष्टचारको फाइल खोल्छु भनेर सरकारले ब्लाकमेलिङ गर्ने गरेको दावी गर्नुभएको हो । ललिता निवास जग्गा प्रकरणमा जग्गा बेच्नेलाई भन्दा किन्नेलाई पक्राउ गरेर अनाहकमा दुःख दिएको तथा सुन तस्करीमा संलग्न भएकालाई पक्राउ नगरेको भन्दै सरकार आफैं ब्लाकमेलिङमा लागेको पनि ओलीको आरोप छ ।

'ललिता निवास प्रकरणमा किर्ते मुद्धा मात्रै चलाउनु के नियत के हो ? कहिलेकाँही चोख्याउनका लागि पनि मुद्धा दर्ता गरिन्छ, अहिले सरकार त्यही गरेर बसेको छ’, ओलीको भनाई छ ।
 

टिप्पणीहरू