शव्दकोषबाट ॐ शब्द हटाइएको छैन : दिनानाथ

शव्दकोषबाट ॐ शब्द हटाइएको छैन : दिनानाथ
सुन्नुहोस्

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व शिक्षामन्त्री दिनानाथ शर्माले ॐ शब्दलाई शब्दकोषबाट नहटाएको जनाएका छन् ।

डा.बाबुराम भट्टराई नेतृत्वको सरकारमा शिक्षामन्त्री रहेका शर्माको अध्यक्षतामा बसेको बैठकले ॐ शब्दलाई शब्दकोषवाट हटाउने निर्णय गरेको भन्दै प्रचार भैरहेका बेला उनले त्यसमा कुनै सत्यता नभएको बताएका हुन् । आफू मन्त्री भएका बेला त्यस प्रकारको कुनै निर्णय नै नभएको शर्माको दाबी छ । 

‘केही दिनयता सामाजिक सञ्जालहरूमा १२ वर्ष पहिले म शिक्षामन्त्री भएको समयमा ॐ शब्द शब्दकोशबाट हटाउने निर्णय गरेको भन्ने कपोलकल्पित, भ्रामक र तथ्यहीन प्रचारबाजीप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ, मेरो कार्यकालमा त्यस प्रकारको कुनै पनि निर्णय भएको थिएन,’ शर्माले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘वैदिक कालदेखि प्रचलनमा रहेका श्री, ॐ जस्ता शब्द हटाउने कुरा सोच्न पनि नसकिने र शब्दकोश, किबोर्डबाट अहिलेसम्म कतै नहटेको तथ्य प्रष्ट पार्दै भ्रममा नपर्न सबैमा अनुरोध गर्दछु ।’
 

टिप्पणीहरू