दशैंको घटस्थापना र टीकाको उत्तम साइत निकालियो
पञ्चाङ्ग निर्णायक समितिले दशैँको टीकाको साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा उत्तम रहेको जनाएको छ ।
आज विज्ञप्ति जारी गर्दै समितिले घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मको शुभसाइत सार्वजनिक गरेको छ । घटस्थापना असोज २८ गते बिहान ११ बजेर २९ मिनेटको समय उत्तम रहेको समितिले जनाएको छ ।
समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जारी गरेको विज्ञप्तिमा घटस्थापनाअघि चित्रा नक्षत्र र वैधृत्ति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत हुने उल्लेख छ ।

टिप्पणीहरू