सपनामा मुलुकको समृद्धि देख्ने विनोद चौधरी विपनामा आफ्नै अनुहार देख्दै

सपनामा मुलुकको समृद्धि देख्ने विनोद चौधरी विपनामा आफ्नै अनुहार देख्दै
सुन्नुहोस्

विवादास्पद व्यापारी तथा काँग्रेस सांसद विनोद चौधरीले फेरि अर्को सपना बाँडेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहँदा बाँडिएको समृद्ध नेपालको पासा चौधरीले यतिखेर सामाजिक सञ्जाल र वेवसाइटमार्फत् फालेका हुन् ।

उनले राजनीतिक तथा सामाजिक विषयवारे जानकारी दिन नयाँ वेवसाइट खोलेको बताएका छन् । त्यसका लागि नयाँ नारा ‘मेरो सपना समृद्ध नेपाल’ अघि सारेका छन् । 

तर,मुलुकबाट गैरकानुनी ढंगले विदेशी मुद्रा बाहिर पुर्याएको,डलर अर्बपति हुँदा पनि सुको नेपाल नभित्र्याएको,बेला बेलामा कर र राजश्व छली गरेकोलगायत आरोप उनीमाथि लाग्दै आएको छ । उनै चौधरीले सपनामा मुलुकलाई समृद्ध बनाउने उद्देश्य राखेका छन् । तर, विपनामा भने मुलुकलाई दिनेभन्दा मुलुकबाट लिने मात्रै काम गरेको पाइन्छ । 

उनै चौधरीमाथि भारतमा समेत आयकर छलेको आरोप लागेको छ । अघिल्लो साता बुधबार मध्यप्रदेशको राजधानी जयपुर नजिकै रहेको वाइवाइ कम्पनीले आयकर छलेको आरोपमा भारतीय आयकर विभागले छापा मारेको थियो । चौधरी भने काठमाडौंबाट दुबई पुगेर त्यहाँको हिसाब मिलाउँदै रविशंकरको कार्यक्रममा भाग लिन अमेरिका पुगेका थिए ।

टिप्पणीहरू