'राजा' लाई रेकर्डमा नराख्न माग

'राजा' लाई रेकर्डमा नराख्न माग
सुन्नुहोस्

नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ (राजन) दाहालले ले राजा शब्द संसदीय रेकर्डमा नराख्न माग गरेका छन् । 

आज बसेको प्रतिनिधिसभा बैठकमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजा भनेर सम्बोधन गरेपछि सांसद दाहालले उक्त भनाई संसद्को रेकर्डबाट मेट्न माग राखेका हुन् । 

राजसंस्था फर्काउने अभियानमा रहेका लिङ्देनले संसदमा भनेका थिए, 'नेताहरुले राजावादीहरू धार्मिक सद्भाव बिथोल्न लागेको बताउनुभयो । राजावादीहरूको त्यस्तो के गतिविधि रहेछ, जसले धार्मिक सद्भाव बिथोल्यो ? राजा ज्ञानेन्द्रको कुन गतिविधिले लोकतन्त्रलाई असर गरेको रहेछ? त्यसबारे हामीले जानकारी पाउनु पर्छ ।’

लिङ्देन लगत्तै बोलेका माओवादी सांसद दाहालले राजा शब्दलाई संविधानले नचिन्ने भन्दै लिङ्ग्देनको अभिव्यक्तिको आलोचना गरे ।

‘नेपालको संविधानले राजा चिन्दैन । एकजना माननीयज्यूले सम्मानित सदनमा राजा भन्ने शब्द प्रयोग गर्नुभयो । यो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुको हो । त्यसैले यो राजा भन्ने शब्द रेकर्डबाट हटाउन माग गर्दछु’, उनले भने ।

टिप्पणीहरू