एकीकृत समाजवादीका डोटी अध्यक्ष बर्खास्त,आज एमाले प्रवेशको तयारी

एकीकृत समाजवादीका डोटी अध्यक्ष बर्खास्त,आज एमाले प्रवेशको तयारी
सुन्नुहोस्

नेकपा एकीकृत समाजवादीका डोटी जिल्ला अध्यक्षलाई पदमुक्त गरिएको छ । पार्टीहित विपरितका गतिविधि र अनुशासनहीन काम गरेको आरोपमा डोटी जिल्ला इञ्चार्ज पूर्णा जोशीले अध्यक्ष दीर्घराज बोगटीलाई बर्खास्त गरेको जानकारी गराएकी छन् ।

जोशीद्वारा जारी विज्ञप्तिमा उनलाई पदमुक्त गरेर उपाध्यक्ष शिवराज खड्कालाई कार्यवाहक अध्यक्ष तोकिएको उल्लेख छ । 

यता आजदेखि धनगढीमा एमालेको सुदुरपश्चिम प्रदेश कमिटीको अधिवेशन हुँदैछ । बर्खास्त भएका बोगटी उक्त अधिवेशनको क्रममा एमाले प्रवेश गर्ने एमालेजनले बताएका छन् ।

टिप्पणीहरू