तुइन चुँडिएर कर्णालीमा खसेका मजदुर खोज्न सेना परिचालित
हुम्लामा तुइन चुँडिएर कर्णालीमा खसेका एक जना मजदुर अझै बेपत्ता छन् । सर्केगाड गाउँपालिका २, लेप्चेस्थित तुइनबाट नदी तर्ने क्रममा कर्णाली करिडोरमा कार्यरत मजदुर मकर सिंह नेपाली बेपत्ता भएका हुन् ।
मुगुको सोरु गाउँपालिका ५ का ३८ वर्षीय मकर हिजो साँझ सडक आयोजनाको काम सकेर फर्किने क्रममा दुुर्घटनामा परेका थिए । उनको खोजीमा सेनाको बराहदल गुल्मका जमदार नवराज बानियाँको कमाण्डमा ३० जनाको टोलीले खोजी कार्य जारी राखेको बुझिएको छ ।
एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री छँदा मुलुकबाट तुइन बिस्थापितको घोषणा गरिएको थियो ।
टिप्पणीहरू