एमाले उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशन च्यासलमा, मतदान बागबजारमा

एमाले उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशन च्यासलमा, मतदान बागबजारमा

नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटीको नेतृत्व चयनको निम्ति मतदान हुने भएको छ । हिजो बिहान पार्टी मुख्यालय, च्यासलमा भएको उद्घाटनपछि राति निर्वाचन कार्यक्रमअन्तर्गत मनोनयन गरिएको थियो ।

केही सदस्यमा सहमति हुन नसकेपछि आज मतदानको तयारी थालिएको हो । मतदान बागबजारस्थित होटल हार्दिकमा हुने बताइएको छ । अधिवेशनमा तीन सयभन्दा बढी प्रतिनिधि छन् ।

रातिदेखि बिहानसम्मको छलफलपछि अध्यक्षमा प्रेमकुमार पराजुली निर्विरोध भएका छन् । अर्का प्रतिस्पर्धी चन्द्र रिजालले उम्मेदवारी फिर्ता लिएका हुन् । उपाध्यक्ष, सचिव, उपसचिवमा पनि मतदान नहुने भएको छ ।

टिप्पणीहरू