मन्त्रीले किन गरे एकाबिहानै विमानस्थलको रनवे नजिकै ओहोरदोहोर ?

मन्त्रीले किन गरे एकाबिहानै विमानस्थलको रनवे नजिकै ओहोरदोहोर ?

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती चढेको सवारी साधन आज बिहान ९ बजे एकाएक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ मोडियो । मन्त्रीको निर्देशनअनुसार उक्त सवारी साधन आन्तरिक टर्मिनल भवन अगाडि पुगेर रोकियो ।

मन्त्री आन्तरिक टर्मिनल भवनको निरीक्षण र अनुगमन गर्ने भन्दै सवा ९ बजे त्यहाँभित्र छिरेर आन्तरिक एयरलाइन्स कम्पनी र तिनका विमानको निरीक्षण गरेपछि नेपाल वायुसेवा निगमअन्तर्गत इञ्जिनियरिङ विभागको ह्याङ्गरतर्फ एको पाइयो । 

त्यतिले चित्त बुझेन र उनका पाइला नेपाल एयरलाइन्सका विमानहरुको पछिल्लो अवस्थाबारे  जानकारी लिएर सोझै विमानस्थलको ट्याक्सी वे नजिकैबाट अन्तर्राष्ट्रिय विमानस्थलतर्फ मोडियो । त्यतिबेला बिहानको करिब पौने १० बजेको थियो ।

अन्तर्राष्ट्रिय विमानस्थलको विमान पार्किङ क्षेत्रमा पुगेर हिमालयन एअरलाइन्सको  विमान निरीक्षण गर्ने काम भयो  ।  त्यसपछि पुनः आन्तरिक टर्मिनल पुगी एक घण्टादेखि रोकिराखेको सवारी साधन चढेर पुनः झण्डा हल्लाउँदै सिंहदरबारस्थित मन्त्रालय एको देखियो ।

मन्त्री एकाएक विमानस्थल पुगेर एक्लै विमान निरीक्षण गर्नुको कारण के होला ? भनेर जनआस्थाले विमानस्थल कार्यालय स्रोतसँग जिज्ञासा राखेको थियो । स्रोत भन्छ, ‘अधिकांश गन्तव्यमा भइरहेको डिले उडान र रद्धबारे जानकारी लिन गएको भनिएतापनि चासो थप विमान खरिदतिर लगाउन सकिन्थ्यो ।’

टिप्पणीहरू