ऊर्जामन्त्री संसदमा जवाफ दिने तयारीमा
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले आज संसदमा सांसदहरुले राख्ने जिज्ञासाको जवाफ दिने हुनुभएको छ ।
आज विद्युत विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा मन्त्रीले सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको छ ।
प्रतिनिधि सभाको बैठक आज दिउँसो साढे ३ बजे बस्दैछ । सभामुख देवराज घिमिरेले विद्युत विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुहुने छ ।

टिप्पणीहरू