एमालेद्वारा इजरायल आक्रमणको चर्को भत्र्सना
नेकपा एमालेले प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलमा गरेको आतंकवादी हमलाको निन्दा र भत्र्सना गरेको छ ।
अध्यक्ष केपी शर्मा ओलीले इजरायलमा भएको आक्रमणको घटनाप्रति भत्र्सना गर्नुभएको हो । ‘इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासद्वारा शनिबार अचानक गरिएको आक्रमणको घटनाप्रति हाम्रो पार्टी नेकपा (एमाले) निन्दा र भत्र्सना गर्दछ,’ आज प्रकाशित विज्ञप्तिमा भनिएको छ ।
अध्यक्ष ओलीले हमासको आक्रमणबाट १० जना नेपाली विद्यार्थीको निधन भएकोमा दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण र शोकाकुल परिवारजनमा गहिरो समवेदना पनि व्यक्त गर्नुभएको छ ।
साथै घाइतेहरूको तत्काल उपचार, अफ्ठ्यारोमा परेकाहरूलाई उद्धार तथा ज्यान गुमाउनेहरूको शव स्वदेश ल्याई परिवारलाई बुझाउने सुनिश्चितताका लागि एमालेले सरकारसमक्ष जोडदार माग गरेको छ ।
टिप्पणीहरू