कागजमा दस्तखत गरेका एमाले कार्यकर्ता वैद्यमा मिसिए

कागजमा दस्तखत गरेका एमाले कार्यकर्ता वैद्यमा मिसिए

पाल्पामा क्रियाशील नेकपा एमालेका चार जना कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका छन् । 

एमालेले आफ्नो क्रान्तिकारी चरित्र गुमाएको आरोप लगाउँदै उनीहरुले अब उप्रान्त उक्त पार्टीमा नरहेको जानकारी गराएका हुन् । संयुक्त विज्ञप्ति जारी गर्दै एमाले छाडेको घोषणा गर्नेमा प्रजापति, रवी, धनकुमारी, शर्मिला र विजय छन् । 

चारै जनाले आफूहरु मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीमा मिसिएको घोषणा पनि गरेका छन् । एमालेसँगै माओवादी केन्द्र, विप्लव नेतृत्वको नेकपा, नेपाली काँग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीबाट अब पार नलाग्ने उनीहरुको दाबी छ ।

टिप्पणीहरू