रवि लामिछानेका नेताले प्रभुलाई रोजे
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक प्रभावशाली नेता आम जनता पार्टीमा प्रवेश गरेका छन् ।
रास्वपा चितवनका पूर्वसभापति धर्मेन्द्र सापकोटा आजदेखि प्रभु साहको आम जनता पार्टीमा मिसिएका हुन् । आम पार्टीका अध्यक्ष साहले उनलाई टिका र खादा लगाएर पार्टीमा स्वागत गरेको सो पार्टीका कार्यालय सचिव बालकृष्ण सापकोटाले जानकारी दिए ।
भरतपुर निवासी सापकोटा विगत १५ वर्षदेखि विभिन्न टेलिभिजनमा प्रमुख कार्यकारी भएर काम गर्दै आएका एक बौद्धिक व्यक्तित्वको रुपमा परिचित छन् ।
विद्यमान पुराना पार्टीहरुले देश बर्बाद गर्न लागेको जनाउँदै रास्वपा छोडेका सापकोटाले अब आम जनता पार्टीप्रति पूरै भरोशा रहेको प्रतिक्रिया दिएका छन् । त्यही कुरा महसूस गरेर आफू सो पार्टीमा प्रवेश गरेको उनको भनाई छ ।
टिप्पणीहरू