कोशीबारे निर्णय लिन राप्रपाले पदाधिकारी बैठक बोलायो
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पदाधिकारी बैठक बोलाएको छ । कोशी प्रदेशमा नयाँ सरकार गठनबारे पार्टीको रणनीति तय गर्न पर्सि बिहान ८ बजेका लागि बैठक बोलाइएको हो ।
नयाँ सरकार गठनको विषयमा आवश्यक निर्णय लिन पदाधिकारी बैठक बोलाएको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए ।
प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिएपछि कोशीमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ । प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (५) बमोजिम नयाँ सरकारका लागि दाबी पेश गर्न शुक्रबार साँझ ५ बजेसम्मको समय दिएका छन् ।
कोशीमा राप्रपाका ६ सांसद छन् । निर्णायक भूमिकामा रहेको राप्रपाले सरकारमा आफैं दाबी गर्ने वा अरुलाई समर्थन गर्ने भन्नेबारेमा निर्णय लिइसकेको छैन् ।
टिप्पणीहरू