मोदी नेपाल आएकोमा रवि लामिछाने क्रुद्ध

सुन्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाली भूमिमा किन आए ? भन्दै सरकारसँग प्रश्न सोधेका छन् । 

आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले चुच्चे नक्साभित्र पर्ने नेपाली भूभागमा विदेशी प्रधानमन्त्री आएको सम्बन्धमा सरकारको धारणा पनि मागे । उनले भने, 'नेपाललाई जानकारी नगराई मोदी हाम्रो भूभागमा आउँदा सरकार र परराष्ट्र मन्त्रालयले संसदलाई जानकारी गराउनु पर्दैन?'

लामिछानेले मोदीको स्वागत किन नगरेको भन्दै कटाक्षसमेत गरे । 'छिमेकी राष्ट्रको प्रधानमन्त्री आउँदा न सरकारले कुनै स्वागत गरेको छ । न देशलाई जानकारी गराएको छ', उनले भने, 'सरकारले स्वागत गर्नुपर्दैन ?'

टिप्पणीहरू