दशैंको आगमनसँगै राजधानीका आकाशमा चंगा (फोटो फिचर)

दशैंको आगमनसँगै राजधानीका आकाशमा चंगा (फोटो फिचर)
सुन्नुहोस्

नेपालीहरुको महान् चाड दशैंको पूर्वाद्र्धमा काठमाडौं उपत्यकाका आकाशमा चंगा देखिन थालेका छन् । हिन्दू धर्मावलम्बीको ठूलो चाड दशैंमा चंगा उडाएर रमाइलो गर्नु परम्परा नै भएको बताइन्छ ।  

खुला आकाशमा रंगीचंगी चंगा उडाउनुको मज्जा नै बेग्लै हुने गरेको यसका पारखीहरु बताउँछन् । मनोरञ्जन र कतिपय अवस्थामा प्रतिस्पर्धाका लागि पनि चंगा उडाउने गरिन्छ । तर, पछिल्लो डेढ, दुई दशकदेखि आकाशमा चंगा उडेको कम देखिन्छ । 

मनोरञ्जनका लागि स्मार्ट फोन, ट्याबलेट, ल्यापटपजस्ता साधनको प्रयोगसँगै चंगा लोप हुन थालेको हो । यसबाट योसँगै जोडिएका व्यवसाय र व्यवसायीहरु संकटमा परेका छन् ।

टिप्पणीहरू