मनाङ, ब्रागाको मनमोहक दृश्य (फोटो फिचर)

मनाङ, ब्रागाको मनमोहक दृश्य (फोटो फिचर)

मनाङ र मुस्ताङलाई हिमालपारिको जिल्ला पनि भनिन्छ । नेपालका अन्य सबै हिमाली जिल्लाको उत्तरी भागमा देखिने हिमाल ती जिल्लामा दक्षिणतर्फ पर्छन् । 

हिउँद सकिएको र वर्षायाम नलागेको हिजोआजको मौसममा ती जिल्लामा पदयात्रामा जाने पर्यटकको लर्को निकै भेटिन्छ । पछिल्लो समय वाह्य पर्यटकझैँ आन्तरिक पर्यटक पनि मनाङ र मुस्ताङको पदयात्रामा जाने गरेका छन् ।

पर्यटकहरुलाई विभिन्न ठाउँको जानकारी गराउँदै यतिखेर मनाङको ब्रागा पुगेका छन् रामकृष्ण चौधरी । उनी पेशाले हिमाली क्षेत्रमा रमाउने पदयात्रीका गाइड हुन् । चौधरीले सामाजिक सञ्जालमा पोष्ट गरेका ब्रागाको निलो आकाश र स्वच्छ वातावरणले सबैलाई लोभ्याएको छ ।

टिप्पणीहरू