कोशीमा १० महिनामा पाँचौ मुख्यमन्त्रीको शपथग्रहण

कोशीमा १० महिनामा पाँचौ मुख्यमन्त्रीको शपथग्रहण

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथग्रहण गर्न लागेका छन् । पछिल्लो १० महिनामा हिजो कार्की पाँचौं मुख्यमन्त्री नियुक्त भएका हुन् ।

कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथग्रहण गराउने तयारी थालिएको छ । प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्रीमा हिजो नियुक्त गरेका हुन् । नेपाली काँग्रेसको शेखर कोइराला समूहका आठ र एमालेका ३९ गरी ४७ जना प्रदेशसभा सदस्यको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन् ।

यसअघि एमालेका हिक्मतकुमार कार्की र नेपाली काँग्रेसका उद्धव थापाले दुई दुई पटक मुख्यमन्त्री बनेका थिए ।

टिप्पणीहरू