कोशीमा शपथ, एमाले र काँग्रेसको बागी समूहबाट एक एक जना मन्त्री
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख परशुराम खापुङ्गले कार्कीलाई शपथ गराएका हुन् ।
मुख्यमन्त्रीसहित एमाले र नेपाली काँगे्रसको विद्रोही खेमाबाट एक जनाको शपथ पनि भर्खरै भएको छ । एमालेबाट राम राना र काँग्रेसबाट सम्शेर राई मन्त्रीमा नियुक्त भएका हुन् ।
कार्कीले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको एमालेका नेताहरुको भनाई छ ।
टिप्पणीहरू