झलनाथलगत्तै गृहमन्त्री पनि चीन जाँदै
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ उत्तरी छिमेकी चीनको भ्रमणमा निस्कनुहुने भएको छ ।
‘थर्ड बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल को–अपरेसन’मा सहभागीता जनाउन उहाँ आज अपराह्न चीन प्रस्थान गर्न लाग्नुभएको हो । पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका सम्मानित नेता झलना खनाल पनि सोही कार्यक्रममा भाग लिन गएराती नै चीन प्रस्थान गरिसक्नुभएको छ ।
बिआरआईसम्बन्धी कार्यक्रम आगामी कात्तिक १ र २ मा हुँदैछ, जसको उद्घाटन चिनियाँ राष्ट्रपति सी जिनपिङले गर्ने तय भएको छ ।
चीनका पब्लिक सुरक्षासम्बन्धी मन्त्री तथा स्टेट काउन्सिलरसमेत रहेका चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय सचिवालयका सदस्य वाङ सियाहोङको निमन्त्रणामा गृहमन्त्री श्रेष्ठ सो कार्यक्रममा सहभागी हुन जान लागेको उहाँको सचिवालयले जनाएको छ । चीन भ्रमणमा रहँदा गृहमन्त्रीले चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुलाई पनि भेट्ने जनाइएको छ ।
टिप्पणीहरू