शीतल निवासमा तीन वटा आयोगको वार्षिक प्रतिवेदन

शीतल निवासमा तीन वटा आयोगको वार्षिक प्रतिवेदन

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेशी आयोगको आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रतिवेदन पेश गरिएको छ । 

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक समारोहमा राष्ट्रपति पौडेलसमक्ष आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले प्रतिवेदन पेश गरेको बताइएको छ । 

यस्तै, आदिवासी जनजाति आयोग र थारु आयोगले पनि आआफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेश गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

नेपालको संविधानको धारा २९४ बमोजिम आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगर र थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले प्रतिवेदन पेश गरेका हुन् ।

टिप्पणीहरू