कोशीमा माओवादी पनि केदारको पक्षमा
नेकपा माओवादी केन्द्रले गठबन्धनविरुद्ध बिद्रोह गरेर कोशीमा मुख्यमन्त्री नियुक्त भएका केदार कार्कीलाई विश्वासको मत दिने भएको छ ।
बुधबार प्रदेशसभामा मुख्यमन्त्रीले राख्ने विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्ने माओवादीले निर्णय गरेको हो । आज बसेको प्रदेश सचिवालय बैठकले विश्वासको मत दिने तर, त्यसअघि पार्टी केन्द्रको सहमति लिने निर्णय गरेको जनाइएको ।
गत शनिबार मुख्यमन्त्री नियुक्त भएका कार्कीले आइतबार पद तथा गोपनीयताको शपथ लिएका थिए । माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्ग्बोलाई मुख्यमन्त्री बनाउने सत्ता गठबन्धनको निर्णयको विरोधमा कांग्रेसबाट बिद्रोह गरेर उनी एमालेको समर्थनमा मुख्यमन्त्री भएका हुन् ।
टिप्पणीहरू