मोसोको प्रयोग

मोसोको प्रयोग

आखिर हुँदा हुँदा अब दुर्गा प्रसाईंलाई समेत मोसो दलियो । त्यो पनि कसले ? एमालेका कार्यकर्ताले । एमालेको चितवन महाधिवेशन हुँदा हामीले देखेकै थियौँ, दुर्गा प्रसाईं रातभरि चितवने गैंडाको सालिक मुनि बसेर ‘बा’ को जय जयकार मनाउँदै थिए । अहिले त्यही दुर्गा प्रसाईंको अनुहारमा कालो ? एमाले कार्यकर्ताहरू झुक्किएको त होइन नि ?

दुर्गा प्रसाईंले देशभरिका भ्रष्टाचारीहरूको अनुहारमा कालो पोत्ने भनेर दस्ता बनाउँदै थिए । कालो पोत्नेबारे तालिम पनि चलाउँदै थिए क्यारे । तर पहिलो प्रयोग आफँै भइदिए । 

केही समय भयो, देशमा डाक्टरहरूमाथि आक्रमण हुँदै आएको । डाक्टरमाथि आक्रमण भयो भनेर डाक्टरहरूले आन्दोलन चलाएको तर अहिले डाक्टर मात्र होइन, डाक्टरका मालिकहरूमाथि पनि आक्रमण शुरु भएछ । दुर्गा प्रसाईं त डाक्टरका मालिक हुन् नि !

अस्ति डाक्टरहरूले हडताल गर्दा सरकारले उनीहरूसँग एउटा सम्झौता गरेको थियो– आइन्दा कसैले डाक्टरलाई हातपात ग¥यो भने के सजायँ हुन्छ भन्ने कुरा बोर्ड बनाएर अस्पतालमै देखिने गरी राख्ने ।

अब त्यही बोर्डसँगै डाक्टरको मालिकलाई कालो दलियो भने के सजायँ हुन्छ भनेर अर्को एउटा बोर्ड पनि राख्नुपर्ने हो कि ?
 

टिप्पणीहरू