गृहमन्त्री नारायणकाजी आज सि चिन्फिङ्गसङ्ग रात्रिभोजमा सरिक हुँदै

गृहमन्त्री नारायणकाजी आज सि चिन्फिङ्गसङ्ग रात्रिभोजमा सरिक हुँदै

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीनको राजधानी बेइजिङ पुग्नुभएको छ । उहाँ आज र भोलि हुन लागेको ‘तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन’ शिखर सम्मेलनमा सहभागी हुन जानुभएको हो । श्रेष्ठले भोलि राखिएको ‘हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्च’ को नीति र प्रगतिसम्बन्धी छलफललाई मुख्य वक्ताका रूपमा सम्बोधन गर्ने कार्यतालिका छ ।

उहाँ आजै चिनियाँ राष्ट्रपति सि चिन्फिङ्गले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनुहुनेछ । सो क्रममा संक्षिप्त कुराकानी हुने सम्भावना छ । उपप्रधानमन्त्री श्रेष्ठ चीनका सार्वजनिक सुरक्षा र आपत्कालीनमन्त्री एवम् चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङ सियाओहङको मैत्रीपूर्ण निमन्त्रणामा जानुभएको हो । 

उहाँले आज सार्वजनिक सुरक्षामन्त्री,चिनियाँ कम्युनिष्ट पार्टीको सचिवालयलय सदस्य तथा स्टेट काउन्सिलर वाङसँग द्विपक्षीय सहयोग र सम्बन्धबारे छलफल गर्ने कार्यक्रम छ । वाङ चिनियाँ कम्युनिष्ट पार्टीको सचिवालय सदस्य तथा स्टेट काउन्सिलर हुनुहुन्छ ।

श्रेष्ठ हिजो बिहान काठमाडौैंबाट सिचुआन प्रान्तको छन्तु हुँदै बेइजिङ प्रस्थान गर्नुभएको थियो ।
 

टिप्पणीहरू