माओवादी महासचिवको भर्खरै नेपाल फिर्ती

माओवादी महासचिवको भर्खरै नेपाल फिर्ती

नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ साताव्यापी बेलायत भ्रमण सकेर स्वदेश फर्किएका छन् । 

पार्टीका कार्यक्रममा भाग लिन गत साता बेलायत पुगेका उनी आज काठमाडौँ आइपुगेका हुन् । महासचिव गुरुङ कतार एयरवेजको क्यूआर–६४६ उडानमा दोहा हुँदै अपरान्ह साढे ४ बजे काठमाडौँ ओर्लिएको बताइन्छ । 

महासचिव गुरुङलाई माओवादी केन्द्रका केन्द्रीय सदस्य विमल अधिकारीसहित सचिवालयका पाँच जनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । त्यसअघि माओवादी केन्द्रीय कार्यालयले गुरुङका स्वकीय सचिव, पिएसओ र चालकसहितलाई भिआईपी पास उपलब्ध गराउन आग्रह गर्दै विमानस्थल कार्यालयलाई पत्र लेखेको थियो । 

माओवादीको प्रवासी संगठन जनप्रगतिशील मञ्चको निमन्त्रणामा गुरुङ असोज २३ गते बेलायत गएका हुन् ।

टिप्पणीहरू