प्रधानमन्त्रीका दुबै छोरी बालबच्चासहित नयाँ दिल्ली प्रस्थान

प्रधानमन्त्रीका दुबै छोरी बालबच्चासहित नयाँ दिल्ली प्रस्थान

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका दुबै छोरी नयाँ दिल्ली गएका छन् । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल,निजी सचिव तथा कान्छी छोरी गंगा दाहाल छ जनाको पारिवारिक टोलीसहित गएका हुन् । 

नेपाल वायुसेवा निगमको उडान नम्बर आरए २०५ मा नयाँ दिल्ली जानेमा स्मिता दाहाल,इशान्ती दाहाल,प्रतिभा पाठक र प्रवल पाठक पनि छन् ।

यता प्रधानमन्त्री दाहाल आज बिहान मुक्तिनाथ,कोरोला नाकालगायत स्थानतर्फ जानुभएको छ । उहाँ नेपाली सेनाको हेलिकोप्टर एनए ०३८ एमआई १७ मा १५ जनाको टोली लिएर बिहान बालुवाटारबाट त्यता प्रस्थान गर्नुभएको बताइएको छ । टोलीमा वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोलगायत छन् ।
 

टिप्पणीहरू