दशैं बिदामा वायुसेवा निगमको विमान खरिदको टेण्डर

दशैं बिदामा वायुसेवा निगमको विमान खरिदको टेण्डर
सुन्नुहोस्

नेपाल वायुसेवा निगमले तीन वटा साना विमान खरिद गर्ने भएको छ । निगमले दुर्गम र पहाडी क्षेत्रमा उडानको निम्ति तीन वटा स्टोल विमान आवश्यक रहेको जनाउँदै आज ३५ दिने टेण्डर सूचना प्रकाशित गरेको छ ।

इच्छुक विमान निर्माता कम्पनीलाई टेण्डरमा सहभागी हुन आग्रह गरिएको छ । विस्तृत जानकारी निगमको वेवसाइटबाट लिन सकिने उल्लेख छ । 

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले निगमलाई ठूला तीन, मझौला चार र साना तीन गरी १० वटा विमान आवश्यक रहेको बताउनुभएको थियो । मन्त्री किरातीले ती विमान निगमको आन्तरिक स्रोतबाट खरिद गर्ने उल्लेख गर्नुभएको थियो ।

 

निगमका अधिकारीहरुले अहिले खरिद गर्न लागिएका तीन वटा विमान आन्तरिक स्रोत परिचालनबाट हुन लागेको हो । बाँकी सात वटा सरकारको जमानीमा बैंक तथा वित्तीय संस्थाहरुको ऋणबाहेक अन्य स्रोतबाट सम्भव नभएको उनीहरुको भनाई छ । 

निगमसँग हाल रहेका दुई वटा वाइड बडी र दुई वटा न्यारो बडी एअर बसका विमान खरिद गर्दाको ४८ अर्ब ऋण अझै चुक्ता गर्न बाँकी छ ।

टिप्पणीहरू