शौचालय जाँदा खोलामा खसेका लेस–नायक रहेनन्

शौचालय जाँदा खोलामा खसेका लेस–नायक रहेनन्

शौच गर्न जाँदा भीरबाट खसेका नेपाली सेनाका एक जनाको ज्यान गएको छ । 

दाङको देउपुरस्थित रणसिंह दल ब्यारेकमा लेस–नायक पदमा कार्यरत लमजुङको मध्य नेपाल नगरपालिकाका शीतल थापाको लडेर मृत्यु भएको हो । आज मध्यान्ह १२ बजेतिर शौच गर्न जाने क्रममा चिप्लिएर खोलामा खसेका थापाको उपचारको क्रममा ज्यान गएको दाङ प्रहरीले जनाएको छ । 

प्रहरीले बताएअनुसार घटनाको १५ मीनेटभित्रै उनलाई उद्धार गरी लमही अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

टिप्पणीहरू