काँग्रेसको चियापान शुरु, निम्तालु आउन थाले

काँग्रेसको चियापान शुरु, निम्तालु आउन थाले
सुन्नुहोस्

दशैं, तिहार, नेपाल संवत्, छठ पर्वका अवसर पारेर नेपाली कांग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान समारोह शुरु भएको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय केही बेरअघि चियापान कार्यक्रम शुरु भएको हो । 

पार्टी सभापति शेरबहादुर देउवालगायत पदाधिकारी र केन्द्रीय सदस्यले अहिले आगन्तुक पाहुनालाई समारोहमा स्वागत गरिरहेका छन् । कार्यक्रम अपराह्न ५ बजेसम्म सञ्चालन हुनेछ । 

चियापान समारोहमा झण्डै १० हजार जनालाई आमन्त्रण गरिएको काँग्रेसले बताएको छ । काँग्रेसका अनुसार विभिन्न राजनीतिक दलका नेता, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, सांसद, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकायका प्रमुख, काठमाडौंस्थित कूटनीतिक नियोगका प्रमुखलगायतलाई निमन्त्रणा गरिएको छ ।

पार्टीका संस्थापक तथा तत्कालीन सभापति बीपी कोइरालाले २०३३ सालदेखि कोजाग्रत पूर्णिमाको दिनमा चियापान आयोजना गरेका थिए । विसं २०३८ सम्म बिपीले यसलाई निरन्तरता दिएका थिए । 

त्यसपछिका सभापति कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला हुँदै अहिले शेरबहादुर देउवाले पनि चियापान कार्यक्रमलाई निरन्तरता दिएका हुन् ।


 

टिप्पणीहरू