प्रधानमन्त्री बालुवाटारबाट विशालनगर पुगेर फर्कनुभयाे
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट नजिकैको विशालनगर पुगेर फर्कनुभएको छ ।
उहाँ दिउँसो साढे ३ बजेको समयमा झण्डै आधा घण्टा प्रधानमन्त्रीको सरकारी निवासबाट बाहिरिनुभएको बताइन्छ ।
प्रधानमन्त्री एक जना बिरामी भेट्न विशालनगरस्थित फिजियोथेरापी सेन्टर जानुभएको बुझिएको छ । एरोगिन केयर होम तथा फिजियोथेरापी सेन्टर पुगेर प्रधानमन्त्री दाहाल ४ बजेको समयमा पुनः बालुवाटार फर्कनुभएको हो ।
टिप्पणीहरू