नयाँ संविधान माग्दै ७५ वर्षीय वृद्ध माइतीघरमा उत्रिए
२०७२ सालको संविधान खारेज गरी नयाँ संविधान जारी गर्न माग गर्दै एक बृद्ध आन्दोलनमा उत्रिएका छन् ।
धादिङको गजुरी गाउँपालिका किरान चोक -८ स्थाई ठेगाना भई हाल कलंकी घर बताउने ७५ वर्षीय चेतनाथ ढुंगाना नयाँ संविधान माग्दै सडकमा ओर्लिएका हुन् । गत असोज १९ गतेदेखि हरेक दिन माइतीघर मण्डलामा ब्यानरसहित प्रदर्शन गरिरहेका उनले आज पनि निरन्तरता दिए ।
सत्तासीन नेताहरुले कानुनलाई मनोमानी रुपमा प्रयोग गरेर बिभिन्न घटनाका दोषीलाई छुट दिएको, राष्ट्रघाती सम्झौता गरेको भन्दै ढुंगानाले संविधान काम नलाग्ने अवस्थमा पुगेको बताए ।
'२०७२ साल असोज ३ गते जारी भएको संविधान गणतन्त्र हैन नेतातन्त्र हो' लेखिएको ब्यानरसहित प्रदर्शनमा बसेका उनले अहिलेको संविधान जलाई नयाँ जारी गर्नुपर्ने माग राखेका छन् ।
टिप्पणीहरू