महासचिवको भ्रमणको कार्यसूची फेरियो, गृहमन्त्रीसँगको भेट पर्सिलाई

महासचिवको भ्रमणको कार्यसूची फेरियो, गृहमन्त्रीसँगको भेट पर्सिलाई
सुन्नुहोस्

नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र परराष्ट्रमन्त्री एनपी साउदबीच भेटवार्ता भएको छ । उहाँहरुबीच सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो । 

परराष्ट्रमन्त्री साउदपछि उहाँले सिंहदरबारमै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भेट्दै हुनुहुन्छ । 

अर्का उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग पर्सि भेट हुने जनाइएको छ । उहाँसँग पनि आजै भेटवार्ताको कार्यसूची थियो । मन्त्री श्रेष्ठ चीनको राजधानी बेइजिङमा हृदयाघातपछि स्वदेश फर्केर स्वास्थ्यलाभ गरिरहनुभएको छ ।

गुटेरेसले आजै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संसद भवन, नयाँ बानेश्वरमा भेट्ने कार्यक्रम छ । 

साँझ शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेपछि सोल्टी होटलमा होटलमा प्रधानमन्त्री प्रचण्डले साँझ ७ बजे उहाँको सम्मानमा आयोजना गर्न लाग्नुभएको रात्रिभोजमा सहभागी हुनुहुने छ ।

टिप्पणीहरू