डा. आरजूसहित परिवारका पाँच सदस्य दिल्लीमा

डा. आरजूसहित परिवारका पाँच सदस्य दिल्लीमा

नेपाली काँग्रेस नेतृ, सभासद तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजू राणा देउवा नयाँ दिल्ली पुग्नुभएको छ । उहाँ बिहान ८ बजेको नेपाल वायुसेवाको उडानमा त्यता जानुभएको हो । 

उहाँसँगै आमा तथा जापानका लागि पूर्व राजदूत प्रतिभा राणा, छोरा जयवीर सिंह देउवा र अन्य दुई जना नयाँ दिल्ली गएका हुन् । उक्त परिवार स्वास्थ्य उपचारको सन्दर्भमा त्यहाँ गएको बताइएको छ ।

उपचारपछि आगामी बुधबार स्वदेश फर्कने कार्यक्रम छ ।

आजै एमाले प्रमुख सचेतक पदम गिरी पनि दिउँसो २ बजे नेपाल वायुसेवाको उडानमा त्यता गएको र बिहान साढे ११ बजे प्रतिनिधि सभाका सदस्यहरु प्रदीप पौडेल, माधव सापकोटा र राजेन्द्र बजगाईं पनि एअर इण्डियाको उडानमा दिल्ली उडेका हुन् ।

राप्रपा नेता तथा सभासद पशुपति समशेर राणा आजै दिउँसो ४ बजे भिस्तारा एअरको उडानमा नयाँ दिल्ली जाने कार्यक्रम छ ।

टिप्पणीहरू