कोशी सरकारबाट एमाले बाहिरियो
कोशी प्रदेशका विनाविभागीय मन्त्री रामबहादुर रानामगरले राजीनामा दिएका छन् । सत्ता साझेदारसँग कुनै सहमति नगरी एकीकृत समाजवादी र माओवादीलाई सरकारमा मुख्यमन्त्री केदार कार्कीले समावेश गराएकाले एमाले बाहिरिएको हो ।
संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नेकपा एमालेका ३९ जना र नेपाली काँग्रेसका आठजना सांसद मिलेर कोशी प्रदेशमा असोज २७ गते कार्की मुख्यमन्त्री बनेका हुन् । भोलिपल्ट नेपाली काँग्रेसका शम्सेर राई र एमालेका मगर मन्त्री नियुक्त भएका थिए ।
टिप्पणीहरू