राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्दै

राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्दै
सुन्नुहोस्

राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमतर्फ जानुभएको छ । सेनाको कासा विमान कल साइन एनए ०६२ मा काठमाडौंबाट सुर्खेत पुगेपछि सेनाकै एमआई १७ हेलिकोप्टरमा त्यता जानुभएको बताइएको छ ।

उहाँसँगै प्रधानसेनापति प्रभुराम शर्मा पनि हुनुहुन्छ । साथै, राष्ट्रपतिका विज्ञ सुनिलबहादुर थापा, कार्यालय सचिव डिल्लीराम शर्मा, प्रमुख स्वकीय सचिव अवज्ञा पौडेल, प्रेस सचिव किरण पोखरेल पनि सुर्खेतबाट त्यता जाने टोलीमा पनि छन् ।

सहायक रथी मदन केसी, महासेनानी अच्युतम भण्डारी, प्रमुख सेनानी बालमुकुन्द विष्ट, पूर्व सांसद राजीवविक्रम शाह, स्वकीय सचिव चिरञ्जिवी अधिकारी, डा. निरज बम, फोटोग्राफ अनिश रेग्मी र नेपाल टेलिभिजनका एक जना रिपोर्टर पनि सँगै गएको बताइन्छ । 

नेपाली सेनाका अन्य चार जना सुरक्षाकर्मी पनि राष्ट्रपतिको सुरक्षामा खटिएर हेलिकोप्टरमा त्यता गएका हुन् ।

टिप्पणीहरू