डोल्पामा जिम्मेवारपूर्ण पत्रकारिता र समाजवादको आधार शुरु

डोल्पामा जिम्मेवारपूर्ण पत्रकारिता र समाजवादको आधार शुरु
सुन्नुहोस्

समाजवादी प्रेस संगठन नेपालको डोल्पा अध्यक्षमा आनन्दसिंह रावल छानिएका छन् । उपाध्यक्षमा पदम शाही, सचिवमा गोपिचन्द्र बोहरा (सन्देश), कोषाध्यक्षमा मनिशा केसीलाई चयन गरिएको छ ।  

सदस्यहरूमा डिल्ली विक, रूपचन्द्र बोहोरा र किस्मत बोहोरा छानिएको बताइएको छ । संगठनका केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदीको प्रमुख आतिथ्यमा भएको भेलाले रावलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

नवगठित समितिले डोल्पामा जिम्मेवारपूर्ण पत्रकारिता र समाजवादको आधार निर्माणमा भूमिका खेल्ने  विश्वास लिइएको छ ।

टिप्पणीहरू