अभिनेत्री दिपासाको निधन, विष सेवनको आशंका
अभिनेत्री दिपासा बिसीको निधन भएको छ । २८ वर्षीया उनलाई हिजो राति अस्पताल भर्ना गरिएको थियो । आज दिउँसो उपचारको क्रममा निधन भएको बताइएको छ ।
पारिवारिक स्रोतका अनुसार हिजो साँझ थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो । तर, उपचारको क्रममा उनी आज बितेकी हुन् ।
जलपरी उपनामले चिनिएकी र मोडलिङसँगै अभिनयमा सक्रिय उनले १२ वर्षअघि दुलही रानी फिल्मबाट डेब्यु गरेकी थिइन् । यसबीचमा उनले बिरानो माया, चाल, झेलीलगायत फिल्ममा अभिनय गरेकी थिइन् ।
बिसीको निधनको कारण विष सेवन भएको आशंका छ ।
टिप्पणीहरू