अध्यक्ष माधव नेपाल विभिन्न देशका नेताहरु माझ
नेपाल एकीकृत समाजवादीका अध्यक्ष तथा भूतपूर्व प्रधानमन्त्री माधवकुमार नेपाल चीन भ्रमणमा व्यस्त हुनुहुन्छ ।
बेल्ट एण्ड रोड इनिसिएटिभ्सबारे अन्तर्राष्ट्रिय अनुभव आदान प्रदानसम्बन्धी उच्चस्तरीय कार्यक्रमलाई अध्यक्ष नेपालले आज सम्बोधन गर्नुभएको छ । उहाँले सम्मेलनको उद्घाटन सत्रमा आफ्ना भनाइ राख्नुभएको हो ।
दक्षिण र दक्षिण पूर्वी एसियाली विभिन्न मुलुकका नेताहरुको सहभागिता रहेको कार्यक्रमको एउटा सत्रमा ‘बेल्ट एण्ड रोड डाइलग’ शीर्षक राखिएको छ । जसको पहिलो भागमा बेल्ट एण्ड रोडले ल्याउने आगामी भविश्य,दोस्रो भागमा राजनीतिक दलहरुको भूमिका र तेस्रोमा यसका उपलब्धीको आदानप्रदानबारे छलफल गरिएको छ ।
कार्यक्रममा नेपाललगायत थाइल्याण्ड, इण्डोनेसिया,पाकिस्तान, बंगलादेश,सिंगापुरका विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधिको सहभगिता छ । अध्यक्ष नेपाल १५ सदस्यीय टोलीको नेतृत्व गर्दै मंगलबार युन्नान प्रान्तको खुनमिङ जानुभएको थियो । उहाँ आगामी मंगलबार स्वदेश फर्कनुहुने छ ।
टिप्पणीहरू