पोखराबाट फर्केलगत्तै चिनियाँ पाहुना सिंहदरबारमा
नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको सिजाङ स्वायत्त क्षेत्र सचिव वाङ चुनछेङ नेतृत्वको टोलीले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेको छ ।
पोखराबाट दिउँसो २ बजे काठमाडौं आइपुगेको टोली उपप्रधानमन्त्रीसँग भेटवार्ताको निम्ति साढे ४ बजे सिंहदरबारस्थित गृह मन्त्रालय पुगेको हो ।
भेटघाटमा चिनियाँ राजदूत छेन सोङसमेत हुनुहुन्छ ।
टिप्पणीहरू