जम्मु कश्मिरमा बस दुर्घटना, ३८ को निधन

जम्मु कश्मिरमा बस दुर्घटना, ३८ को निधन

भारतीय जम्मु कश्मिरमा भएको बस दुर्घटनामा ३८ जनाको ज्यान गएको छ । दुर्घटनामा १७ जना घाइते छन् ।

डोडा जिल्ला नजिकै भएको दुर्घटनामा बस सडकबाट झण्डै दुई सय मीटर तल खसेको छ । घाइते सबैलाई स्थानीय अस्पतालमा भर्ना गरिएको प्राप्त समाचारमा उल्लेख छ ।

मृतकका परिवारलाई दुई लाख रूपैयाँ र घाइतेलाई ५० हजार रूपैयाँ सहायता गर्ने घोषणा गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री राहत कोषबाट उक्त सहायता उपलब्ध गराइने बताएका हुन् ।

टिप्पणीहरू