प्रधानमन्त्री अस्पताल उद्घाटन गर्न आँबुखैरेनी जाँदै

प्रधानमन्त्री अस्पताल उद्घाटन गर्न आँबुखैरेनी जाँदै
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज तनहुँ जान लाग्नुभएको छ । उहाँले आँबुखैरेनीमा निर्मित अस्पतालको उद्घाटन गर्ने कार्यक्रम तय भएको बताइएको छ ।

उहाँ बिहान साढे १० बजे हेलिकोप्टरमा त्यता जानुहुने छ । दिउँसो राजधानी फर्कनुहुने प्रधानमन्त्री सेनाको एमआई १७ हेलिकोप्टरमा बालुवाटारबाट गएर बालुवाटारमै ओर्लनुहुने छ ।
 

टिप्पणीहरू