कक्षा कोठामा कुर्सीबाट खसेका गुरु चार दिनपछि बिते

कक्षा कोठामा कुर्सीबाट खसेका गुरु चार दिनपछि बिते

कञ्चनपुरमा कुर्सीबाट लडेर गम्भीर घाइते भएका एक शिक्षकको निधन  भएको छ ।

बेलडाँडी गाउँपालिका–५ स्थित गणेश माध्यमिक विद्यालयका शिक्षक शंकर चिमाडीको आज मृत्यु भएको हो । सोमबार विद्यालयमा पढाउने क्रममा कुर्सीबाट लडेर टाउकामा चोट लागेका उनी गम्भीर घाइते भएका थिए ।

चार दिनदेखि अचेत अवस्थाका उनको नवजीवन अस्पताल धनगढीमा उपचार भइरहेको थियो । तर आज बिहान ६ बजेतिर मृत्यु भएको प्रहरीले बताएको छ । मृतक शिक्षकका दुई छोरी र एक छोरा छन् ।

टिप्पणीहरू