'दुर्गा प्रसाईं जिन्दावाद' भन्दै कमेरोटारबाट एक हुल मान्छे सडकमा निस्किए
व्यवस्था परिवर्तनसँगै बैंकको ऋण मिनाहा गराउने अभियानअन्तर्गत काठमाडौँ केन्द्रित आन्दोलनमा रहेको मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको समूहले मोटरसाइकल र्याली निकालेको छ ।
पूर्वनिर्धारित आन्दोलनका कार्यक्रम स्थगित गरी सो समूहले आज दिउँसो र्याली गरेको हो । भक्तपुरको मध्यपुर थिमी नगरपालिका-६ कमेराेटारस्थित प्रसाईं निवासबाट करिब २ सयको संख्यामा निस्किएको मोटरसाइकल र्याली निकोसेरा चोक, राधे-राधे,थिमी, गठ्ठाघर हुँदै पुरानो थिमी अनुदान चोकसम्म पुग्ने जनाइएको छ ।
र्यालीका सहभागीहरुले 'हाम्राे आन्दाेलन जारी छ', 'जनबिद्रोह सफल पाराैँ', 'कालाे धन जफत गर', 'राष्ट्रघाती देश छाेड', 'दुर्गा प्रसाईं जिन्दावाद', जस्ता नारा लगाएका छन् ।
गत बिहीबारदेखि आन्दोलनमा रहेको प्रसाईं समूहले आजै काठमाडौँको कलंकी, बालाजु र रत्नपार्कमा सांस्कृतिक कार्यक्रम गर्ने जनाएको छ । व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन जारी राख्ने उसले घोषणा गरेको छ ।
टिप्पणीहरू