रात्रिबसका यात्रुको अण्डरवेयरभित्र ब्राउनसुगर

रात्रिबसका यात्रुको अण्डरवेयरभित्र ब्राउनसुगर

इलाममा लागूऔषधसहित एक युवक पक्राउ परेका छन् । माई नगरपालिका–३, चियाकमानबाट ब्राउनसुगरसहित प्रहरीले स्थानीय २५ वर्षीय सुदीपकुमार दनुवारलाई नियन्त्रणमा लिएको बताइएको छ ।

प्रहरी चौकी दानाबारीबाट खटिएको टोलीले आज बिहान चियाकमानबाट उनलाई २ ग्राम ३२० मिलिग्राम खैरो हिरोइनसहित नियन्त्रणमा लिएको हो । 

यता काठमाडौंको चन्द्रागिरीमा पनि प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्रेको छ । चन्द्रागिरी नगरपालिका–२ स्थित चेक प्वाइन्टबाट झापाका ३० वर्षीय सन्तोष तिवहारी र ३९ वर्षीय हरिबहादुर विक पक्राउ परेका हुन् । 

प्रहरीका अनुसार भद्रपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र ०२–०३–००१ ख ५५५० नम्बरको बस चेकजाँच गर्ने क्रममा उनीहरुको भित्री वस्त्रभित्र तीन वटा पोकामा ९ ग्राम ५० मिलिग्राम खैरो हिरोइन फेला परेको हो । 

पक्राउ परेका तीनै जनामाथि आवश्यक अनुसन्धान भइरहेको छ ।
 

टिप्पणीहरू