दुर्गा प्रसाईका पाहुनाहरु धमाधम निस्किन थाले
रिण,ब्याज मिनाहा/हिन्दु अधिराज्य र राजतन्त्र फर्काउने नाममा आन्दोलन गर्ने भन्दै मङ्ग्सिर ६ गतेदेखि नै काठमाण्डौमा जम्मा गरिएका दुर्गा प्रसाईंका अनुयायीहरु धमाधम घर फर्कन थालेका छन् ।
यसक्रममा न्यु घरेलु होटल गौशालामा बसेका उनी समर्थकहरु बिहान ४ बजेदेखि ७ सम्म आफूखुशी ४/५ जनाको दरले अहिलेसम्म करिब ८०/८५ जना निस्किसकेको गौशाला प्रहरीले उपत्यका एआइजी दिपक थापालाई भर्खरै रिपोर्टिङ गरेको बुझिएको छ ।
टिप्पणीहरू