भाइ ठाउँमै भएपछि...
नेपाल प्रहरीले कर्मचारीलाई तत्काल तोकिएको स्थानमा जान २४ घण्टाभित्र रमाना नलिए कारबाही गर्ने भनिए पनि प्रधान कार्यालयको प्रशासन शाखाले सबै विभाग, ब्यूरो, निर्देशनालय, महाशाखा, शाखा, सबै प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई ताकेता गरेको छ ।
बाँकेमा झण्डै एक सय प्रहरी काजमा छन् । तर, बाँकेमा ५÷६ वर्षदखि रहेका वरिष्ठ नायब निरीक्षक माधव रिजाल भने सहोदर भाइ डिएसपी मुकुन्द क.प्र.शाखामा भएकोले आफूलाई कहीँ जान नपर्ने बरु सुवेदार मेजर भएर बस्ने हठमै छन् ।
तर, काजसम्बन्धी निर्देशिका, २०६९ का अनुसार अरूलाई ऐनको पाठ सिकाउन खोज्ने रिजालले ७ जना घुमुवालाई हटाएर आफूअनुकूल चार जनालाई ड्युटी रजिष्टरमा विभिन्न काममा देखाई सहायक हवल्दार आतिश खाँ, हवल्दार केशव घर्तीमगर, सहायक हवल्दार इन्द्रबहादुर बोहरा र जवान सन्दीप थापालाई घुमुवामा पठाएको पाइएको छ ।
भर्खर एसएसपी भएका वीरबहादुर ओलीले घर गोठालो प्रहरी जवान राखेका छन् । बाँकेको ट्राफिक निरीक्षक कृष्ण सुवेदीले पनि लाइसेन्स सेटिङबाट आफूले पैसा खाने, यता जवानलाई कारबाहीको धम्की दिने गरेका छन् ।
– पीडित प्रहरीहरू
टिप्पणीहरू