झुलाघाटबाट हिँडेको एमाले टोली शनिबार बागमती छिर्ने

झुलाघाटबाट हिँडेको एमाले टोली शनिबार बागमती छिर्ने
सुन्नुहोस्

नेकपा एमालेको बैतडीको झुलाघाटदेखि पाँचथरको चिवा भञ्ज्याङसम्मको ‘समृद्धिका लागि संकल्पयात्रा’ आगामी बुधबारदेखि गण्डकी प्रदेशमा आइपुग्ने कार्यक्रम छ । सुदूरपश्चिम र कर्णाली प्रदेश हुँदै मध्यपहाडी लोकमार्गमा केन्द्रित कार्यक्रम सातौं दिन गण्डकी प्रदेशमा आइपुग्ने बताइएको छ ।

एमाले गण्डकी प्रदेशले बागलुङको सीमाना पातीहाल्ने देखिको समय तालिका सार्वजनिक गरेको छ । जसअनुसार मंसिर २० गते बिहान साढे ८ बजे पातीहाल्नेमा संकल्पयात्रामा सहभागी नेताहरुको स्वागत हुनेछ । साढे ९ बजे झावीखोलामा भेटघाट, १० देखि साढे ११ बजेसम्म बिहानको खाना र भेटघाट राखिएको छ । 

सोही दिन दिउँसो साढे १२ देखि पौने १ बजेसम्म बडिगाड गाउँपालिकामा स्वागत, साढे १ देखि ३ बजेसम्म वामी टक्सारमा सभा, साढे ४ बजे गल्कोटमा स्वागत, भेटघाट र बेलुकाको खानाको प्रबन्ध गरिएको हो । 

भोलिपल्ट बिहान ८ बजे टोली बागलुङ बजारतर्फ प्रस्थान गर्ने छ । ९ बजे काठेखोलामा स्वागत र १० बजे बागलुङ बजारमा स्वागत कार्यक्रम राखिएको प्रदेश समितिले तयार पारेको कार्यसूचीमा उल्लेख छ । बिहान ११ देखि साढे १२ बजेसम्म बागलुङ बजारमा खाना र भेटघाट, १ बजे कालिका मन्दिर अवलोकन र सवा १ बजे मालढुंगाबाट अघि बढ्ने छ ।

सोही दिन पर्वतको कुश्मामा एमालेले जनसभा र भेटघाट राखेको छ । दिउँसो ३ बजे टोली कास्कीको नयाँपुल पुग्नेछ । ३ बजेर ४० मीनेटमा उनीहरुलाई अन्नपूर्ण गाउँपालिकाको नागडाँडामा स्वागत गरिनेछ । साढे ४ बजे हेम्जामा भेटघाट, पोखरामा खाना र बास तय गरिएको छ । 

मंसिर २२ गते बिहान साढे ७ बजे जिरो किमी पोखराबाट प्रस्थान, बिहान ८ बजे अमरसिंह चोकमा स्वागत, ९ बजे तालचोकमा स्वागत, साढे ९ बजे रुपा गाउँपालिकामा भेटघाट र सवा १० बजे कास्कीबाट बिदाइ हुनेछन् ।

मंसिर २२ गते नै टोली लमजुङ आइपुग्ने बताइएको छ । बिहान साढे १० बजे रामबजार चोकमा स्वागतपछि करपुटार महादेव मन्दिरको भ्रमण गर्ने कार्यक्रम छ । ११ बजे भोर्लेटार बजारमा स्वागत, साढे ११ बजे सुन्दरबजार नगरपालिका वडा नम्बर ३ मा खाना, १ बजे खत्रीठाँटी बजारमा सभा, सवा २ बजे सुन्दरबजारबाट राइनास प्रस्थान गर्ने टोलीलाई धमिलिकुमा स्वागत र साढे ३ बजे टोली लमजुङबाट गोरखा जानेछ । 

उक्त दिन टोली गोरखामा बास बस्न पुग्नेछ । मंसिर २३ गते बिहान साढे ७ बजे भेटघाट, सवा ९ बजे भीमसेन गाउँपालिकामा स्वागत, साढे १० बजे गण्डकी प्रदेशबाट बिदाई भएर बागमती प्रदेश प्रवेश गर्ने कार्यक्रम बनाइएको छ । 

बागमतीका विभिन्न जिल्ला हुँदै टोली कोशी प्रदेशतर्फ लाग्ने छ । पाँचथरको चिवा भञ्ज्याङमा पुस २ गते अभियानको औपचारिक समापन गरिने एमालेको पूर्व निर्धारित कार्यक्रम छ ।

टिप्पणीहरू