बोरामा गाँजा हालेका युवक प्रहरी फन्दामा

बोरामा गाँजा हालेका युवक प्रहरी फन्दामा

मकवानपुरमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका–१३, पदमपोखरी बस्ने २१ वर्षीय विवेक सुनार गाँजासहित समातिएका हुन् । 

इलाका प्रहरी कार्यालय, पालुङबाट खटिएको टोलीले आज बिहान थाहा नगरपालिका–३ बाट करिब दुई किलो ७०० ग्राम गाँजासहित नियन्त्रणमा लिएको जनाएको छ । 

बोरामा लुकाएर ल्याउँदै गरेको अवस्थामा उक्त गाँजा बरामद गरिएको र यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।

टिप्पणीहरू