जिपको गियरबक्समा सुन ओसार्ने चिनियाँमाथि अनुसन्धान जारी

जिपको गियरबक्समा सुन ओसार्ने चिनियाँमाथि अनुसन्धान जारी
सुन्नुहोस्

जिपको गियरबक्समा सुन राखेर ओसार्दै गरेको अवस्थामा पक्राउ परेका तीन जना नेपालीपछि एक जना चिनियाँ समातिएका छन् । रसुवाको केरुङ नाका हुँदै भन्सार छलेर सुन तस्करी गर्दै काठमाडौं ल्याउने क्रममा गत बिहीबार थानकोटमा दुई केजी सुन फेला परेको थियो ।

प्रहरीले काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०२८ च २६९७ नम्बरको जिपको गियरबक्समा दुई किलो सुन भेट्टाएको थियो । लगत्तै तीन जना नेपालीलाई पक्राउ गरे पनि चिनियाँ नागरिक भागेको बताइन्छ । 

भोलिपल्ट पक्राउ परेका चिनियाँ नागरिक २७ वर्षे चेन चिवीलाई प्रहरी परिसर टेकू पुर्याइएको छ । उनी काठमाडौंको सोह्रखुट्टेमा बस्दै आएको प्रहरीको भनाई छ ।

टिप्पणीहरू