एसद्वारा खटिनेको कदर

एसद्वारा खटिनेको कदर

नेकपा (एकीकृत समाजवादी) पार्टीले गत आश्विन १४ देखि २८ गते सम्म सञ्चालित समाजवादी जागरण अभियानमा खटेका स्वयंसेवकहरुलाई सम्मान गरेको छ । 

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आज आयोजित कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष माधवकुमार नेपालले २५ जना स्वयंसेवकलाई सम्मान पत्र हस्तान्तरण सहित सम्मान गर्नुभएको हो ।

 

कार्यक्रमा महासचिव घनश्याम भुसाल र समाजवादी जागरण अभियान मूल व्यवस्थापन समितिका संयोजक विजय पौडेलले शुभकामना राख्नु भएको थियो । कार्यक्रममा पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डे,उपमहासचिव डा.विजय पौडेल,सचिव जीवनराम श्रेष्ठ सहितका नेताहरुको उपस्थिति थियो । 

कार्यक्रम स्वयंसेवक परिचालन समितिका संयोजक तथा केन्द्रीय सदस्य विष्णु लम्सालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

टिप्पणीहरू